Home » » सिन्का परिचय

सिन्का परिचय

Written By Uday Youth Club on Wednesday 8 January 2014 | 00:52

विधा - सिन्का
सिन्का परिचय :-
"सिन्का"
नेपाली साहित्यको आधुनिक बिकाशक्रम संगसंगै नयाँ विधाको  रचना गर्ने क्रममा हामीले एउटा पृथक अथक र नौलो बिधाको सुरुवात गरेका छौ जसको नाम हो 'सिन्का' यो बिधा नेपाली साहित्य को एउटा बिल्कुलै नौलो र सरल मिठो बिधा हुने हाम्रो ठम्याइ छ , | यो विधा रबिन शर्मा चापागाईं र भण्डारी दाइ 'अचम्म' को बिषेश उत्पादन तथा संरक्षणमा रहेको छ |
1)
नामकरण - जुनसुकै रचनामा पनि भाब महत्वपूर्ण हुन्छ , रचना गरिसकेपछि उक्त रचनाबाट कुनै भाब आउदैन भने त्यसलाई रचना भन्न मिल्दैन  | यसको संरचना सिन्का जस्तै साना भावहरू तिखा र चोटिला भएकोले नाम "सिन्का" राखिएको हो ।
2) शब्द संरचना -
अन्य विधाभन्दा फरक किसिमले सिन्कालाई चार भागमा विभाजन गरिएको छ।
(क) उठान=आरम्भ,प्रारम्भ, शुरू, विषयलाई उठाउने काम।
सिन्काको पहिलो हरफ उठान हो। यसमा समस्यालाई दर्शाएर विषय वस्तुको उठान गरिन्छ।
(ख) छलफल = मनसाय , सुझाब
यसमा उठानको समस्याले पारेको असरको बारेमा छलफल गरिन्छ।
(ग) विश्राम= छुट्टि, फुर्सत, आराम लिने काम, विश्रान्ति, बसाई, अडिनेकाम,
यसमा छलफलबाट आएको सुझाब अनुसार निराकरणको उपाय खोज्ने प्रयास गरिन्छ।
(घ) बैठान= समाप्ति, ठेगान, थिति, निर्णय, सिद्धि, टुङ्गो, कुनै पनि कामको समाप्ति,
यसमा उठानको समस्या र विश्रामको प्रयासबाट निस्कने वा निस्केको परिणाम दर्साईन्छ।



को यो संरचना भन्दा बढी अक्षर हुन हुदैन
उदाहरण
प्रदेश
(उठान)
छोडेर घर देश
(छलफल)
दुख छ
(बिश्राम)
घरमा नै सुख छ
(बैठान)
- रबिन शर्मा चापागाईं
माथिको सिन्काले एउटा प्रदेशिको पिडा बोलेको छ |
क)
निपातको  सहि प्रयोग :-
आधा अक्षर र अआईइ..........का अक्षर हरु भने आवश्यकता अनुसार गन्ने र नगन्ने गर्न पाइन्छ
यो लगायत यो बिधाको लेखनीय पक्ष लाइ बृहत र सुरलिय दृष्टिकोणले बाट अध्ययन गरेर हामीले उचित निपात का प्रयोग पनी गर्न सकिने स्थान लाई घेराबन्दी गरेका छैनौ । निपात कोप्रयोग मा एउटा उदाहरण प्रस्तुत गर्दा
हुन्छ कि
सम्झेर मन रुन्छकि
भन है
तिमी मेरी बन है
- भण्डारी दाई
यसमा कि र है निपात हो
माथिको सिन्काले आफ्नो मन पर्ने मान्छेलाई आफ्नो बन्न आग्रह गरेको छ |
3) रस - यो विधा जुनसुकै रसमा पनि लेख्न सकिन्छ | यहि रसमा लेख्नु पर्छ भन्ने छैन |
4) सिन्का जुनसुकै छन्द र लयमा पनि लेख्न सकिने छ !
5)यसको श्रुति माधुर्या बढाउनको लागि अनुप्रास प्रयोग गर्नु पर्नेछ। अनुप्रास भन्नाले चरणका अन्त्यमा समान वर्णका पद दोहोरिएको र तुक बन्दी मिलेको हुन्छ।
6)शीर्षक राख्न अनिवार्य छैन तर "सिन्का" भनेर शिरमा राख्न अनिवार्य छ।
7) छोटो प्रस्तुतिमा चमत्कारपूर्ण ठूलो भाव दिन सक्नु,
आधुनिक र बैज्ञानिक विचारको सम्प्रेशण गर्न सक्नु नै सिन्काको विशेषता हो।
8) नेपाली साहित्य क्षेत्रमै सबैभन्दा सजिलो विधा सिन्का बनेको छ | थोरै सब्दबाट धेरै कुरा लेख्न सकिने विधा हो |
र अन्त्यमा
यी र यस्तो नियम हरूको बारेमा हामी रचना र सृजना संग्गै अगाडी बढाउने छौ र तपाईँ हरू माझ आजै को मिति बाट यो सिन्का को सृजना गर्न अनुरोध गर्दछौ
यसको बारेमा तपाईँ हरु माझ जीज्ञासा भएमा सिन्का बिधाका संस्थापकद्वय भण्डारी दाइ अचम्म र रबिन शर्मा संग संपर्क गर्नु होला । जाँदा जाँदै
सिन्का -
सुचना
तिम्रो मात्रै सम्झना
सुनन
चोखो मायाँ बुनन
- भण्डारी दाई
आएर
बाचा कसम्
छोडेर
गयौ बाटो मोडेर
- रबिन
नेपाल
जहाँ हास्छ हिमाल
सुन्दर
हो हाम्रो धरोहर
- रबिन
स्मरण रहोस यो कुनै आयातित विधा होइन यो पूर्ण नेपाली साहित्यक विधा हो ,
तपाईँ बाट पनी सिन्का लेखिनेछ भन्ने आस गरेका छौ साथै बिधा सबन्धी सल्लाह सुझाव पनी दिन नभूल्नु होला किनभने यो बिधा परिक्षण कालमा नै छ ,यसका नियमहरु यहाहरुले दिनुभएको सल्लाह सुझाब अनुसार परिमार्जन गर्दै लगिने छ | धन्यवाद !
जय नित्य जय साहित्य
© सर्बाधिकार भण्डारी दाई र रबिन शर्मा चापागाईमा निहित

Posted via Blogaway
Share this article :

1 comments:

  1. मेरो हामी सबै को मन छुने बिधा
    सिन्का ❤❤❤❤❤❤❤❤❤❤❤❤

    ReplyDelete

 
Copyright © 2013. सिन्का - All Rights Reserved
Template Created by Basudev Published by CyberSangam
Proudly powered by Blogger